Thursday, February 9, 2017

सुनिदेउ मेरो पुकार

                     
त्यो माया र अनुराग सँगै  , तिम्रो मुटुको ढुकढुकी भई
तिम्रो त्यो मुहारको मुस्कान भई, हरेक दु:खको सारथी भई
तिम्रो जीवनको एउटा अङ्स बन्न चाहान्थे म,
सँगै बाँच्न, मर्न र एउटै डोरीमा बाधिन चाहान्थे म,
तर अवसोच
जिन्दगीको अनैठो खेल वा मेरो भाग्यको अवसान,
चाहेर  पनि एउटै डोरिमा बाधिन पाएन,सँगै जीवन बिताउन पाएन।

अर्कै रुपमा भएपनि तिम्रो माया त पाए
तर त्यस मोहमा डुबेर तिमी प्रतिको दायित्तोको बोध भएन
हासे, रोए सधै संगै भए, कुनै फिल्मको नाटक कदापी थिएन
तिम्रो मायाको भावना बुझ्न असफल भए , तर प्रयास नगरेको होइन।

हे भगवान सुनिदेउ मेरो पुकार, अनि माया तिमी पनि ,
वाचा छ मेरो तिमीलाइ, सुखी सुखी बाच्ने छौ जीवन भरि ।

#छोटो_प्रयास_काल्पनिक

No comments:

Post a Comment

मेरी धरा

जब तिम्रा ती कोमल अङ्गहरू हावा सँगै सिरसिर हल्लिनछन् भिन्न धुन बनाएर नाच्छन्, खेल्छन् तब प्रकृतिले आनन्द महसुस गर्छ होला । । संसार...