Sunday, November 13, 2016

गजल

गजल

अधेरीको घुम्टो भित्र पुर्णिमाको रात खोजे

तड्पिएर बाच्नुपर्दा तिम्रो न्यानो साथ् खोजे


विरहको गीत गाउदै, गल्ली गल्ली भौतारिदा

गुलाफ झैँ मुस्कुराई माया गर्ने हात खोजे


आफ्नो भन्ने मान्छेहरु स्वार्थी बनि टाडा हुदा

जीवनमा पहिलो पल्ट आफु भित्र मात खोजे


बैरागी भै बेवास्थाले तिरस्कृत हुनुपर्द

मायामाथि आस्था राख्ने एउटा सानो जमात खोजे


इच्छाहरु कुण्ठित बनि एक्लोपनमा हराउद

मायारुपी संसार हेर्ने मायारुपी त्यो प्रभात खोजे



अधेरीको घुम्टो भित्र पुर्णिमाको रात खोजे 

तड्पिएर बाच्नुपर्दा तिम्रो न्यानो साथ् खोजे 

No comments:

Post a Comment

मेरी धरा

जब तिम्रा ती कोमल अङ्गहरू हावा सँगै सिरसिर हल्लिनछन् भिन्न धुन बनाएर नाच्छन्, खेल्छन् तब प्रकृतिले आनन्द महसुस गर्छ होला । । संसार...