तिम्रै निम्ति हासेको छु
बुझ्ने यहाँ
कोहि छैनन् , आसु पिई बसेको छु
तिम्रै हो यो
जीवन, तिम्रै निम्ति साझेको छु
मुटुमा तिम्रो
ठाउँ छैन भने, यादमा तिमि राखिदिनु
हात समाउने
अर्कै छ भने, भेट हुदा बोलिदिनु
त्यो मुटुको
ढुकढुकीमा बस्ने आशाले, केहि क्ष्यणलाइ बाचेको छु
तिम्रै हो यो
जीवन, तिम्रै निम्ति साचेको छु
पाउनु भन्ने
केहि छैन, तर मैले तिमीलाई चाहेको छु
बिपनीमा त पाउछु
कि पाउदिन, सपनीमा त पाएकै छु
तिम्रै त्यो
सुन्दर रुपलाई , यो फूलबारीमा सजाएको छु
तिम्रै हो यो
जीवन तिम्रै निम्ति साचेको छु
No comments:
Post a Comment