Wednesday, November 29, 2017

मेरी धरा



जब तिम्रा ती कोमल अङ्गहरू
हावा सँगै सिरसिर हल्लिनछन्
भिन्न धुन बनाएर नाच्छन्, खेल्छन्
तब प्रकृतिले आनन्द महसुस गर्छ होला । ।

संसारको एउटा पात्र भई
मानिसका लागि जीवन रूपी बरदान भई
मानिस, जीवजन्तुका लागि
आफ्ना प्राण सुम्पिदिन्छौ
तर खै, कसैले तिम्रो बलिदानको कदर गर्दैन किन ?

यो प्रकृतिसँग खेल्दै
यसैको काखमा रमाउँदै
सुगन्ध दिन्छौ
दुर्गन्धलार्इ आफूभन्दा टाढा भगाइदिन्छौ
हरियाली छर्छौ
मुख्यत: मानिसको मनको बेदना, खुसियालीमा परिणत गरिदिन्छौ । ।

न त स्वार्थी छौ
न त केही कुराको नै माग गर्छौ
न त आश नै गर्छौ
केवल मानव जीवनको खुसियाली हेर्न चाहन्छौ
तैपनि खै किन ?
तिम्रो निस्वार्थीपनको कुनै मूल्य छैन
तिम्रो भलापनको कुनै सम्मान छैन

न त तिमीसँगकाे दुस्मनी हो, नत प्राण सरि माया नै
हो त केवल आफ्नो स्वार्थीपन
जुन तिमी बाट प्राप्त गर्न चाहन्छन् ।


यो सब देख्छु, सुन्छु र तिम्रो बेदना महसुस गर्न सक्छु
तर
अफसोच, म निशब्द छु
म निशब्द छु  ।।। 

No comments:

Post a Comment

मेरी धरा

जब तिम्रा ती कोमल अङ्गहरू हावा सँगै सिरसिर हल्लिनछन् भिन्न धुन बनाएर नाच्छन्, खेल्छन् तब प्रकृतिले आनन्द महसुस गर्छ होला । । संसार...