Wednesday, November 29, 2017

मेरी धरा



जब तिम्रा ती कोमल अङ्गहरू
हावा सँगै सिरसिर हल्लिनछन्
भिन्न धुन बनाएर नाच्छन्, खेल्छन्
तब प्रकृतिले आनन्द महसुस गर्छ होला । ।

संसारको एउटा पात्र भई
मानिसका लागि जीवन रूपी बरदान भई
मानिस, जीवजन्तुका लागि
आफ्ना प्राण सुम्पिदिन्छौ
तर खै, कसैले तिम्रो बलिदानको कदर गर्दैन किन ?

यो प्रकृतिसँग खेल्दै
यसैको काखमा रमाउँदै
सुगन्ध दिन्छौ
दुर्गन्धलार्इ आफूभन्दा टाढा भगाइदिन्छौ
हरियाली छर्छौ
मुख्यत: मानिसको मनको बेदना, खुसियालीमा परिणत गरिदिन्छौ । ।

न त स्वार्थी छौ
न त केही कुराको नै माग गर्छौ
न त आश नै गर्छौ
केवल मानव जीवनको खुसियाली हेर्न चाहन्छौ
तैपनि खै किन ?
तिम्रो निस्वार्थीपनको कुनै मूल्य छैन
तिम्रो भलापनको कुनै सम्मान छैन

न त तिमीसँगकाे दुस्मनी हो, नत प्राण सरि माया नै
हो त केवल आफ्नो स्वार्थीपन
जुन तिमी बाट प्राप्त गर्न चाहन्छन् ।


यो सब देख्छु, सुन्छु र तिम्रो बेदना महसुस गर्न सक्छु
तर
अफसोच, म निशब्द छु
म निशब्द छु  ।।। 

Thursday, February 9, 2017

सुनिदेउ मेरो पुकार

                     
त्यो माया र अनुराग सँगै  , तिम्रो मुटुको ढुकढुकी भई
तिम्रो त्यो मुहारको मुस्कान भई, हरेक दु:खको सारथी भई
तिम्रो जीवनको एउटा अङ्स बन्न चाहान्थे म,
सँगै बाँच्न, मर्न र एउटै डोरीमा बाधिन चाहान्थे म,
तर अवसोच
जिन्दगीको अनैठो खेल वा मेरो भाग्यको अवसान,
चाहेर  पनि एउटै डोरिमा बाधिन पाएन,सँगै जीवन बिताउन पाएन।

अर्कै रुपमा भएपनि तिम्रो माया त पाए
तर त्यस मोहमा डुबेर तिमी प्रतिको दायित्तोको बोध भएन
हासे, रोए सधै संगै भए, कुनै फिल्मको नाटक कदापी थिएन
तिम्रो मायाको भावना बुझ्न असफल भए , तर प्रयास नगरेको होइन।

हे भगवान सुनिदेउ मेरो पुकार, अनि माया तिमी पनि ,
वाचा छ मेरो तिमीलाइ, सुखी सुखी बाच्ने छौ जीवन भरि ।

#छोटो_प्रयास_काल्पनिक

Sunday, February 5, 2017

रुन मन लाग्छ






सम्झनाले सताउने हुदो रहेछ मायामा
रुवाउने र हसाउने हुदो रहेछ मायामा
मजा चुट्टै हुने फकाउनु र फकिनुमा
जानी जानी रिसाउने हुदो रहेछ मायामा
दु:ख सुख जिन्दगीमा दुबैका उत्ती छन
एक अर्खामा बिसाउने हुदो रहेछ मायामा
छुटीएको एक छिन् मै भेटु लाग्छ
तिमी साथ छैनौ र त रुन मन लाग्छ।

Sunday, December 18, 2016

दशैंको यात्रा¬ अनौठो अनुभूति

प्राकृतिक सम्पदाले भरिपुर्ण  महेन्द्रनगर को एक सामान्य बासिन्दा त्रिभुवन भट्ट हु म . आखिर जहिले पनि एकै ठाउँ मा बस्न सकिदैन त्यहाँ को सुlawfले गर्दा . हो म पनि त्यसैगरी मेरो k9fO पुरा गर्न गएको थिए काठमाडौँ . अब आयो नेपाली को महान चाड++++‘‘‘‘‘ दशै . सबै नेपालीहरु आफ्नो घर जादै थिए . मेरो परिक्ष्या को समाप्ति ८ गते भएको थियो र त्यस दिन  दिन मेरो बस थियो . सबै परिक्ष्या सिद्ये पछि म मेरा बाबा र आम सहित् महेन्द्रनगर को ४ बजे को बस मा बसे . हामी सबै जाम  ले गर्दा घर पुरै २४ घण्टा को यात्रा गरि २ बजे घर पुगे . घर मा सबै लाई   भेटे र रमयिलो महसुस गरे . दशैं को दिन पनि आयो ठुलो बाबा, ठुलो ममी  तथा दिदि दाई   को हात  देखि टिका थपे . आम र बाबा पाहाड  जानु भएको थियो त्यसकारण वोह को हात बाट टिका थाप्न पाएन . अब दशैं पनि  सक्यो काठमाडौँ  फर्कने दिन हरु आए.
अशोज 27 गते को दिन हो  म, बाबा  र ममी  काठमाडौँ गईरहेका थियौ . बसपार्क को लागि घर बाट बिदा भए . मेरो मन दुखि सोभाबको भएरहेको थियो . घर बाट निस्के पछि  बजार मा मा बदम लिन गए . केहि छिन् पछी मायिजु र भाईहरु आएका थिए र तिनी हरु बाट पनि बिदा लिई हामी बस मा छाडे . बस छुट्यो .
महेन्द्रनगर बाट छुटेको बस महेन्द्र राजमार्ग हुदै चितवन बाट काठमाडौँ का  लागि छुट्ने गर्दछ . हामी महेन्द्रनगर  बाट ४० किलोमीटर कति कंचनपुर काटे . जसमा सुख्लाफाता बन्यजन्तु आरक्ष्य पर्दछ, जुन हेर्दा धेरै रमाइलो अनुभव भयो . केहि बेर म बाबा को खुटा  मा मेरो टाउको राखी बसे  र  समय  बितेको थाहानै  भएन . पछि  हेर्दा हामी कर्णाली पुल निर रहेछौ . त्यहाँ माछा बेच्न मान्छे आएका थिए . मैले पनि २ वोटा माछा खाए . त्यस ठाउँ को बिसेस्ता भनेको  सु. प. का. पहाडी ७ वोटा नाकाको रुपमा रहेको पहाडका फलफुल तथा तरकारी बिक्रि गर्ने स्थान र  ७५ जिल्ला का मानिस हरु रहेको आभास हुदो रहेछ . कैलाली जिल्ला को सिमाना सकिनासाथ नेपाल को ठुलो नदि कर्णाली आयो , जसको किनारा मा  चिसापानी बजार मा विभिन्न परिकार क माछाका लागि प्रसिद्ध रहेछ बसबाट मुख निकाल्दा मितो मितो बस्न आहिरहेको थियो . त्यहाँ माछा बेच्न मान्छे आएका थिए . मैले पनि २ वोटा माछा खाए . त्यहाँ कर्णाली पुल पनि थियो जुन जापनिज प्रबिधि को उत्कृस्ट नमुना रहेछ .पिल्लर  बिना निर्माण गरिएको र पुलको सबै भार माथि भएको उत्कृस्ट नमुना हेरी मन रमायो . कर्णाली पुल तर्ना साथ बर्दिया राष्ट्रिय निकुञ्ज सुरु भयो . निकुञ्ज पार गर्न पुरा १- १/२ घण्टा बस गुडयो . निकुञ्ज भित्रको हरियाली र जंगली जनावरहरु समेत फाटफुट जम्काभेट हुदा रहेछन . त्यहाँ मैले सुने कि अस्ति त बाघ र हात्ती आएका रहेछन . त्यो सुनेर जुन्गले नकात्दा सम्म मन दराईरह्यो .
हामी बर्दिया सकिए पछि बाकेको कोहलपुर पुग्यौ ।  त्यहाँ बस खाना खान को लागि रोक्यो . हामीले खान खायौ र अझै बस मा चद्यौ  . कोहलपुर कटे पछि दांग हुदै कपिलबस्तु  पुग्यौ . हुदाहुदै कपिलबस्तु पनि काट्यो र बुटवल हुदै चितवन पुग्यौ . चितवन बाट पूर्व भाग  तिर पनि गयिदो रहेछ . हामी काठमाडौँ तिर लाग्यौ  . त्यसपछि  हामी ४ घण्टा पछि बस नौबिसे मा खाजा खान रोक्यो . त्यसपछि हामी १ घण्टा पछि कलंकी पुग्यौ र बस देखि बाहिर समान उतार्दै आयौ . बाहिर पानि परिरहेको थियो र हामी ले सवारी साधन पनि पाएनौ . पछि हामी सबै मिलि तरकारी बोक्ने गाडीमा बानेश्वोर तिर आयौ र कोठा मा पुग्यौ .
१८ घण्टा को यात्रा गरि अन्त्य मा घर पुगेपछि रमाइलो लाग्यो . यस यात्रा बाट मैले नेपाल को भौगोलिक अवस्था र यस को सुन्दरता, ठाउँ को रिति  रिवाज र भेस भुस कोराम्रो अनुभव भयो .
धन्य छ मेरो देश यस को प्रकिर्तिक छटा र यहाँ को यहाका बासिन्दा हरुको रहन सहन .
              

   

Saturday, December 17, 2016

राष्ट्रियता र राष्ट्रबाद

Nationality शब्दले ब्यक्तिको बसोबास गर्ने राष्ट्र र सो राष्ट्रले ब्यक्तिलाई दिएको Recognition भन्ने बुझिन्छ । राष्ट्रियत चिनारीका रुपमा नागरिकता प्राप्त गर्न सकिने कुरा र कुनै नागरिकको आफ्नो राष्ट्र प्रतिको भावनालाई पनि बुझौने गर्दछ । हामीजस्ता सर्भसाधारणले जनतले आफ्नो राष्ट्र प्रतिको राष्ट्रिय अखण्डता सर्भभौम्सत्ताको रक्षाको चाहनका साथै " जननी जन्मा भुमिस्य सोर्गदपी गरियसी" जस्तो राष्ट्रप्रेम र भावनालाई राष्ट्रबाद्को रुपमा बुझन सकिन्छ।
बिडम्बन अर्कै छ यो देशमा जब नेता हरु सत्तामा जान्छन , त्यहा राष्ट्रियत सुरक्षित देख्छन भने सत्ता बहिर हुँदा ठुलो ठुलो सोरमा राष्ट्रबाद्को बखन गर्दछन।यो रोग यहाँका प्रजातान्त्रिक एबम प्रगतिशील भनाउदा सबैको हकमा लागु भाईसकेको छ र यिनका भाषाण सुन्द नेपाली जनत वाक्क भाईसकेको अवस्था हो यो जहाँ सम्मा नेपाली परम्परा, भेसभुसा धर्म चोखो रहेको अवस्था थियो, सम्भैधानिक रुप म र कनुनी रुपमा जो जस्तो ब्यबस्था भएपनी Natural रुपमा नै Inherent human dignity  को स्वोरुपमा प्राप्त हक अधिकारहरु नै नेपाली पनका लागि प्रयाप्त थिए। बिडम्बना थि सभाइ प्रती प्रहर हुँदै गयो। Universal Human Right Declaration, UN Charter, UN civil and Political right and UN socio-economic and cultural right सम्भन्धी covenant लगयत झै सम्झौता तथा  घोषणा विश्वा भरमा मानव अधिकारको मुल्य मान्यत र सन्रक्षाण का लागि भएका र प्राय जस्ता सबै सम्झौतमा आउठा छाप लगैसकेको अवस्था र सोही आधारमा आन्तरिक सम्भिधान र मनब अधिकार हक अधिकार सम्बन्धित बिभिन्न एन नियमहरुकै तर्जुमा गरी नियमहरुको सरकारी अथवा गैर सरकारी स्तरमा गडन गरिसकेको अवस्था बिधमान छ ।

यि सबैका बाबजुत दसकौ सम्म राज्य र बिद्रोहिबाट मानवता बिरुधका अनेकौ घटना घटेका, हजारौ नागरिकले ज्यान घुमाउन परेको पारीवेस तातो नै छ।सम्य परिवर्तनशील छ, घटना घ ट्छन , दोहोरिन्छन, तत्छन अनी सेलाउछन। गण्डकी, नवलपरासी, कंचनपुर, हुँदै कलापानी सम्मका घटना ताते सेलये हात लाग्यो सुन्न्य।
यि घटना पारीघटनाले पत्रकार तते , लेखक जुर्मुराए, राजनीति तत्यो, सभा भाषाण लेख रचना, सर्बोचाका फैसल अन्त पार्टी भिभाझन, राजनीतिक अस्तिरता र अन्तमा हात लाग्यो सुन्न्य।बर्तमानमा दैबिक प्रकोपको उदङो स्वोरुपमा अगाडि देखियो महाकाली कंचनपुरमा महाकाली पारीका २ वोटा गा वि स दोधरा र चाडनी, जहाको समस्या धेरै  अगाडि देखी भोगी रहेको अवस्था हो। हरेक वर्स महाकाली बड्यो, बढी आयो अनी आमा जनतमा बिनास छायो, घरबार बिहिन भए, सरकार तात्यो, २ प्यकेट चाउचाउ , चिवुर र कम्म्बल बाड्यो करोडौको हेलिकोप्टर सवार भयो , १०२० लाखको तार जाली महाकालीमा बगायो समाप्त।दर्चुला जहाँका घरहरुमा तीन बर्ष रमएरै बसेको थिए। नेट र टेलेफोनको पर्दा बाट तिनै घर, रुख काटे सरह गर्ल्याम गुर्लुम महाकालीमा खसे, बगे , सर्बसाधारण चिल्लाए, मुर्मुराए, र भौतरिये।नेपालको दर्चुला र भरतको धर्चुल ठाउँ एउटै नागरिक, उही वारी उही पारी , नियती एउटै , फरक केबल एती कि म नेपाली उह हुन्दुस्तानी। यही राष्ट्रियताको फरकले एउटा देव अर्को रक्षस कसैको सोचायिमा।फरक एउटा भारती र अर्खो डोट्याल, फरक महाकाली वारी र महाकाली पारी।एउटा  बपैती अर्को रौती ।यि बिभेद, हेपाइ, प्रब्रिती, सोच धारणा र कारण पछाडिको यथार्थत छुट्याउन र करण पता लगाउन गार्हो भएर पनि होयिन, नजानेर पनि होयिन, समाधान असम्भब भएर पनि होयिन तर त्यसका पछाडिको अहम सवाल सोधेसी भित्रको राजनैतीक सन्क्रमण, आपसी मन्मुटाब , छ्यणिक स्वार्थ र सत्ताको   लसरपसर यही असम्भाबिक , असहिस्ण, आन्तरिक मनोभवले कमजोर रह्यो नेपालीपन र नेपालीहरुको राष्ट्रिय भावना।

धौलिगंगा देखी टनकपुर वाध सम्म एकतर्फी सग्ररचन्को निमण गर्नु पर्ने अन्तरराष्ट्रिय कानुनको पारीपालन भएको भये ति सङ्रचना गर्दा आफ्नो उपस्थिती नेपालले दर्साउन सकेको भए, भारतीय सङ्रचनाको निर्माण सँग सोही तरिकाले आफ्नो क्षेत्र मा सोही किसिमको सङ्रचना गरेको भए, शायद यि बिपतबाट नेपालले सधैंकलागी राहात पाउन सक्थ्यो कि? सत्ताको खेलमा निदाएका, बौलाएका , नेपाली आमको छातीमा कुल्चने हाम्रा राज्नेता हरुलाई चेतना।।।










Sunday, November 13, 2016

तिम्रै निम्ति हासेको छु


बुझ्ने यहाँ कोहि छैनन् , आसु पिई बसेको छु

तिम्रै हो यो जीवन, तिम्रै निम्ति साझेको छु


मुटुमा तिम्रो ठाउँ छैन भने, यादमा तिमि राखिदिनु

हात समाउने अर्कै छ भने, भेट हुदा बोलिदिनु


त्यो मुटुको ढुकढुकीमा बस्ने आशाले, केहि क्ष्यणलाइ बाचेको छु

तिम्रै हो यो जीवन, तिम्रै निम्ति साचेको छु


पाउनु भन्ने केहि छैन, तर मैले तिमीलाई चाहेको छु

बिपनीमा त पाउछु कि पाउदिन, सपनीमा त पाएकै छु


तिम्रै त्यो सुन्दर रुपलाई , यो फूलबारीमा सजाएको छु


तिम्रै हो यो जीवन तिम्रै निम्ति साचेको छु

गजल

गजल

अधेरीको घुम्टो भित्र पुर्णिमाको रात खोजे

तड्पिएर बाच्नुपर्दा तिम्रो न्यानो साथ् खोजे


विरहको गीत गाउदै, गल्ली गल्ली भौतारिदा

गुलाफ झैँ मुस्कुराई माया गर्ने हात खोजे


आफ्नो भन्ने मान्छेहरु स्वार्थी बनि टाडा हुदा

जीवनमा पहिलो पल्ट आफु भित्र मात खोजे


बैरागी भै बेवास्थाले तिरस्कृत हुनुपर्द

मायामाथि आस्था राख्ने एउटा सानो जमात खोजे


इच्छाहरु कुण्ठित बनि एक्लोपनमा हराउद

मायारुपी संसार हेर्ने मायारुपी त्यो प्रभात खोजे



अधेरीको घुम्टो भित्र पुर्णिमाको रात खोजे 

तड्पिएर बाच्नुपर्दा तिम्रो न्यानो साथ् खोजे 

मेरी धरा

जब तिम्रा ती कोमल अङ्गहरू हावा सँगै सिरसिर हल्लिनछन् भिन्न धुन बनाएर नाच्छन्, खेल्छन् तब प्रकृतिले आनन्द महसुस गर्छ होला । । संसार...